नयाँ मन्त्री छान्न ओली–प्रचण्डबीच छलफल

सोमबार, ५ असोज २०७७

काठमाडौं –मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ।

सोमबारका लागि तय गरिएको पार्टीको सचिवालय बैठक स्थगित गरेर दुई अध्यक्ष आपसी छलफलमा बसेका हुन्। नयाँ मन्त्री कसलाई बनाउने र भएका कसलाई हटाउने भन्नेबारे ओली र प्रचण्डबीच प्रधानमन्त्री निवासमा दुई घन्टा छलफल भएको थियो।

आइतबार बसेको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्दा नाम चयन गर्ने अधिकार अध्यक्षद्वय ओलि र प्रचण्डलाई दिएको थियो

‘आज दुई अध्यक्षबीच मन्त्रिमण्डल पुनर्गठन कै विषयमा छलफल भएको छ, उहाँहरुले कस्तालाई मन्त्री बनाउने भन्ने मापदण्ड तयार गरेर भोलि बस्ने सचिवालय बैठकमा प्रस्ताव ल्याउनु हुनेछ,’ सचिवालयका एक सदस्यले भने ,अन्तिम निर्णय गरेर नाम टुंगो लगाउने जिम्मा उहाँहरुलाई नै बैठकले दिनेछ।’

ओलि र प्रचण्ड दुवैले मन्त्रिमण्डल पुनर्गठनको विषय छिटोभन्दा छिटो टुंग्याउन चाहेको नेताहरुको भनाइ छ।