नेपाली कांग्रेस जोगाउन डा. शेखर कोइरालाको क्रोध

सोमबार, ५ असोज २०७७

काठमाडौं – नेपाली कांग्रेस समय र परिस्थिति अनुसार आवस्यक समयमा आफ्नो क्रोध प्रकट गर्छ र कांग्रेसको क्रोधमा नेपालको राजनीति एवं व्यवस्था परिवर्तन भएका छन । नेपाली कांग्रेसाकै क्रोधमा १०४ बर्षे राणा शासन गयो, नेपाली कांग्रेसकै क्रोधमा पंचायत व्यवस्था गयो, र नेपाली कांग्रेसकै क्रोधमा शाही राजाको शासन गयो र संघिय लोकतान्त्रिक गणतन्त्र आयो ।

नेपाली कांग्रेसमा विपी कोइराला एक भैरव जस्ता थिए । तिनको क्रोधको अगाडि व्यक्ती त के व्यवस्था पनि भयभित हुन्थ्यो । तिनै विपी कोइरालबाट नेपाली कांग्रेसमा थुप्रै दीक्षित शिष्य छन र ती सबै शिष्यहरुमा विपीको शक्ती र भैरवका रुप प्रबेश भएका छन ।

अहिले नेपाली कांग्रेसमा यस्ता भैरवहरु थुप्रै छन । तिनिहरुको क्रोध प्रकट हुन मात्र बाँकी छ । कथंकदाचित त्यो क्रोध प्रकट भयो भने बुज्नुस हनुमानको क्रोधमा लंका तहसनहस, रामको क्रोधमा रावण सकियो, नरंसिम्हको क्रोधमा हिरण्यकस्यप सकियो, कृष्णको क्र्रौधमा कंश सकिंए जस्तै सकिन्छन ।

त्यस्तै अर्का भैरवस्वरुप गिरिजा प्रसाद कोंइराला थिए । तिनको क्रोधमा त नेपालको राजनीतिक प्रणाली आमुल परिवर्तन भयो र यिनकै क्रोंधमा शाही शासन पनि गयो ।

यस्तो इतिहास बोकेको नेपाली कांग्रेसलाई नेकपा दुइ तिहाइ सरकारले जिस्काउदैछ । नेपाली कांग्रेसलाई विच्काउदै छ, लोकतन्त्रलाई संकुचनमा ल्याउन खोज्नु, प्रेस तथा वाक स्वतन्त्र कठोर वनाउदै जानु नै नेपाली कांग्रेसलाई विच्काउनु हो । नेपाली कांग्रेसलाई चिढाउनु छ भने क्रोधित वनाउनु छ भने केही गर्नु पर्दैन मात्रै लोकतन्त्र दमन गरे पुक्छ । कानुनी राज्यलाई तहस नहस गरे पुक्छ । लोकतन्त्र र नेपाली कांग्रेसको अन्तरंग सम्वन्ध छ । लोकतन्त्रकै लागि नेपाली कांग्रेसको जन्म भएको हो र यो लोकतन्त्र नेपाली कांग्रेसमै सहज अनुभुती गर्छ । नेपाली काग्रेसमै यो लोकतन्त्र रमाउछ स्वत स्फुर्त भएर यसको जीवन पल्लवित हुन्छ । नेपाली कांग्रेसमै लोकतन्त्रको जीवन हिष्टपुष्ट हुन्छ । लोकतन्त्रको रगत वन्दै, हाडमासी वन्दै गिदी वनेर स्वस्थ्य लोकतन्त्र भएको देख्न पाउछौ ।

हो यही लोकतन्त्रको विपक्षमा प्रस्तुत हुदा, यसको दमन हुदा नेपाली काग्रेसमा क्रौध आउनु स्वभाविक र प्राकृतिक हो । यो कुरा नेकपाले बुझेको छ की छैन । बुजेको छैन भने बुझोस कि यसरी नेपाली कांग्रेसको क्रोध प्राकट्य गर्न चाहेको हो भने, पुन क्रोध जन्माउन खोजेको हो भने अब नेपाली कांग्रेस अहिलेको संघिय लोकतांत्रिक गणतन्त्र व्यवस्थामा आफ्नो क्रोध प्रकट गर्दैन ।

नेपाली कांग्रेस संबिधान विरुध्द क्रोध प्रकट गर्दैन । नेपाली कांग्रेसको क्रोध अब सरकार विरुद्ध, सरकारको अधिनायक विरुद्ध, सर्वसत्तावाद विरुद्ध, सरकारको चरित्र र आचरण विरुद्ध सरकारबाट पोषित भइरहेको भ्रष्टाचार र बलत्कार एवं हत्या विरुद्ध हुनेछ छ । त्यतिखेर त्यो क्रोधको सामना गर्ने तागत कसैसँग हुने छैन । त्यति खेर क्रोधले आफ्नो लक्ष्य भेदन नगरी सान्त हुने छैन । त्यो क्रोधमा को–को खरानी हुन्छन थाहा छैन ।

अहिले नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र यसको अभ्यास र यसलाई क्रियासिल गराउने अवस्थामा रहेको स्थितिमा वर्तमान नेकपाको दुइतिहाइ सरकारबट पंचायती शासन कै राजावादी शासनकै छायाको रुपमा प्रस्तुत भइरहेको कारणबाट नेपाली जनता र अन्य राजनीतिक दलहरु ससंकित छन । यो प्रकरणबट पनि नेपाली कांग्रेस क्रोधित भएको छ र नेकपासँग विस्वास हटदै गएको छ ।

अहिले नेपाली कांग्रेसमा केन्द्रिय सदस्य शेखर कोइराला नेकपा विरुद्ध अत्यन्त क्रोधित देखिएका छन । यसै क्रममा डा. मिनेन्द्र रिजाल, गुरु घिमिरे, डा. डिला संग्रौला लगायत नेताहरुको क्रोध प्रचुर देख्न पाइन्छ । यी सबै क्रोधहरुलाई नेपाली कांग्रेसले एकत्रित गरोस् । यो कार्य गर्न केन्द्रिय सदस्य लगायत पार्टी सभापतिमा उम्मेदवारी दावि गर्दै आएका डा. शेखर कोइराला बढी ज़िम्मेवारी र गम्भीर रहन आवस्यक देखिएको छ । यस्तो परिस्थिति निर्माण भएमा मात्र कांग्रेसको क्रोधले लक्ष्य भेदन गर्न सक्छ।