महिला अन्तरिक्षयात्रीलाई पहिलो पटक चन्द्रमामा पठाउँदै नासा

मंगलबार, ६ असोज २०७७

एजेन्सी – अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

हालसम्म कुनैपनि महिला अन्तरिक्षयात्री चन्द्रमामा पुग्न सकेका छैनन्।

सन् २०२४ भित्रमा नासाले एक महिला र एक पुरुष अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको हो।

सन् १९७२ पछि पहिलोपटक चन्द्रमामा मानव अभियान संचालन गर्न लागिएको हो।

यस अभियानका लागि नासाले २२ अर्ब अमेरिकी डलर खर्च लाग्ने जनाएको छ।

चन्द्रमाको सतहमा पहिलोपटक पाइला टेक्ने व्यक्ति अमेरिकाकै थिए। निल आर्मस्ट्रोङले सन् १९६९ जुलाई २० का दिन चन्द्रमामा पहिलोपटक पाइला चालेका थिए।