कस्तो छ आजको मौसम ?

बुधबार, ७ असोज २०७७

काठमाडौं – आज पनि पानी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारसम्म पानी पर्ने छ ।

अहिले देशभर सामान्यदेखि मध्यम वर्षा भईरहेको छ । भोलिसम्म पानी पर्नसक्ने भएकोले बाढी र पहिरोको जोखिम हुनसक्ने भएको हुँदा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज सबै प्रदेशका थोरै थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १–२ स्थानहरुमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।