चर्चित संगीतकार दीपक शर्माको ‘सलल बगेको पानी’ बोल गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौँ – पछिल्लो पुस्ताका चर्चित संगीतकार दीपक शर्माको ‘सलल बगेको पानी’ बोल गीत सार्वजनिक गरिएको छ। उनले आज आफ्नै युट्युव च्यानल मार्फत सो गीत भिडियो सार्वजनिक गरेका हुन्।
सुमन पण्डित ‘बैरागी’को शब्दमा रहेको गीतमा डेविट शंकर र सहिमा श्रेष्ठको आवाज रहेको छ भने संगीत शर्माकै रहेको छ ।
राजु अधिकारीको निर्देशनमा बनेको भिडियोलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् भने कोरियोग्राफर कविराज गहतराज र छायाँकन सुदिप बरालले गरेका हुन्।
भिडियोमा जम्सिनी श्रेष्ठ र विनोद न्यौपानेको अभिनय देख्न सकिनेछ।
यसअघि उनले चलचित्र ‘छक्का पन्जा ३’ को ‘पहिलो नम्बरमा’ बोलको गीतमा पनि संगीत भरेका थिए र सो गीतले युट्युव करोड भन्दा बढि दर्शकको माया पाइसकेको छ।