पूर्व आइजिपी खरेलको आत्मकथा विमोचन
काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको आत्मकथा ‘अच्युतकृष्ण खरेल’ विमोचन भएको छ। नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा आज (शनिबार) पूर्व राष्ट्रपति रामवरण यादव र बिन्दु अधिकारीले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन्।
पूर्व आइजिपी खरेलले काम गर्दै जाँदा मनमा कति कुरा गडेर बस्दो रहेछ, त्यहि कुरालाई पोख्ने माध्यम आत्मकथा भएको खरेलले बताए। उनले यसलाई जीवनलिला भएको पनि बताए। यसमा उनको धेरै सुख दुःख मिसिएको बताए।
झण्डै ३१ वर्ष प्रहरी सेवामा बिताएका खरेल प्रहरी संगठन र राजनीतिक घटनाक्रमका साक्षी हुन्।