नेपाल प्रहरीमा ११ एसएसपी डीआईजीमा बढुवा, को को परे ? (सुचिसहित)
असोज २०, काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ ।
आज बसेको बढुवा समितिले प्रहरी प्रवक्ता समेत रहेका शैलेश थापा क्षेत्री सहित विनोद शर्मा घिमिरे, विकाश श्रेष्ठ, ठाकुरप्रसाद ज्ञावाली, तारिणीप्रसाद लम्साल, पूर्णचन्द्र जोशी, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रधुम्न कुमार कार्की, हरिभक्त प्रजापती र सुर्यप्रसाद उपाध्यायलाई बढुवा सिफारिस गरेको हो।
सर्वेन्द्र खनालपछि अहिले बढुवा सिफारिस भएकै ब्याचबाट आइजिपी हुने छन् । बढुवा सिफारिस भएका बिनोद शर्मा घिमिरे, विकास श्रेष्ठ र पूर्णचन्द्र जोशी आइजिपी सर्वेन्द्र खनालकै ब्याची भएकाले उनीहरुसँग अवकाश हुने छन् ।
त्यसपछि ठाकुर ज्ञवाली र तारिणी लम्सालमध्ये एक ५ महिनाका लागि आइजिपी हुने छन् । उनीहरुपछि शैलेश थापा क्षेत्रीको ब्याचबाट आइजिपी बढुवा हुने छ । सो ब्याचमा यसअघि तेस्रो नम्बरमा रहेका प्रद्युम्न कार्कीलाई चौथो नम्बरमा पुर्याइएको छ भने हरि पाललाई दोस्रो नम्बरमा बढुवा सिफारिस भएको छ ।
सुचिसहित
याे पनि पढ्नुस् :
