नेपाल आईडलबाट भाइरल बनेका झक्कड थापाको पहिलो गीत सार्वजनिक (भिडियोसहित)

आइतबार, २१ असोज २०७५

काठमाडौं – पहिलो नेपाल आईडलको धनगडी अडिसनबाट बेसुरा गीत गाएर एवंम फरक तरिकाले प्रस्तुत भएर चर्चित बनेका पश्चिमेली ठिटा झक्कड़ थापाले चर्चित संगीतकार बशन्त सापकोटाको संगीतमा गीत रेकर्ड गरि आफ्नो पहिलो गीत बजारमा ल्याएका छन्।

झक्कड़ थापालाई पछिल्लो समयका गीत तथा चलचित्रमा संगीत गर्ने चल्तीका संगीतकार बशन्त सापकोटाले  गीत रेकर्ड गराएका हुन्। बशन्त सापकोटाले संगीत गरेको उक्त “भेरी सेती” बोलको गीतको शब्द भने दिनेश थपलियाले लेखेका हुन्। गीत सुदुर पश्चिमको देउडा भाकामा आधारित छ।

 हेर्नुहोस गीत :