चर्चित पत्रकार अर्नब गोश्वामी पक्राउ

बुधबार, १९ कार्तिक २०७७

काठमाडौं – भारतीय टेलिभिजन च्यानल रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामी पक्राउ परेका छन् ।

अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनलाई पक्राउ गरिएको मुम्बई प्रहरीले जनाएको छ।प्रहरीले अर्नबको घरको खानतलासी पनि गरेको छ।

अर्नब र अन्य दुई जनाले ५३ वर्षीय इन्टेरियर डिजाइनरको बाँकी पैसा नदिएपछि ५३ वर्षीय डिजाइनरसहित उनकी आमाले आत्महत्या गर्नुपरेको भन्दै घटनामा सिआईडीद्वारा पुनः जाँचको आदेश दिइएको थियो।

नेपाल–भारत सीमा विवादको बेला गोस्वामीले कांग्रेस नेता मिनेन्द्र रिजालसँग लिएको भिडियो अन्तर्वार्ता नेपालमा खुबै भाइरल भएको थियो । गोस्वामीको अस्वाभाविक प्रस्तुतीको विरोध गर्दै र नक्सा प्रकरणमा सरकारको समर्थन गर्दै रिजालले कडा शव्दमा जवाफ फर्काएका थिए

अहिले अर्नबको विषयमा सामाजिक सन्जालमा व्यापक चर्चा हुन थालेको छ ।