गजल : ‘रे…’

सोमबार, २४ कार्तिक २०७७

डुङ्गा नभइ त्यो खोली पार लाग्यो रे

मेरो माया मौरी बिना घार लाग्यो रे

तिमीसँग हुँदा सानो घरमै रम्छु भन्ने
त्यो गलामा चार तोला हार लाग्यो रे

तिमीबाट टाढा भइ कसरी पो बाच्नु
डोली अघि लगाइ बाटो कार लाग्यो रे

मुनामदन झै चर्चित हुनुपर्छ सानू हामी
भन्थ्यौ कथा मदन नभई सार लाग्यो रे

तिम्रो लागि यो मन सधै खुल्ला भन्थ्यौ
त्यो सिउँदोमा एक धर्को बार लाग्यो रे