चितुवाको आक्रमणबाट बालकको मृत्यु

सोमबार, २४ कार्तिक २०७७

डडेलधुरा – डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एकजना बालकको मृत्यु भएको छ । भागेश्वर गाउँपालिका(१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो ।

स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२र१३ वर्षीय छोरा दिलबहादुरको आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालक आफ्नै काकाको घरआँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो । यसअघि करिब २० वर्ष पहिले अमरगढी नगरपालिका(७ मा पाँच वर्षीय बालकलाई चितुवाले खाएको थियो ।