समता लघुवित्तको नाफा २९४.५६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

सोमबार, २४ कार्तिक २०७७

काठमाडौँ – समता लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षमा २९४.५६ प्रतिशत आम्दानी गरेको छ । आर्थिक बर्ष २०७७/७८ को पहिलो त्रैमासमा भन्दा २९४.५६ प्रतिशत नाफा बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले १ करोड ११ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २९४.५६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले २८ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पहिलो त्रैमासमा संस्थाले १ करोड ६९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा २७.२७ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले २ करोड ३३ लाख ५१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

त्यसैगरी, पहिलो त्रैमासमा संस्था ८२ लाख ३८ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १४ लाख २७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पूँजी २२ करोड ९३ लाख रुपैयाँ, जगेडा कोषमा १२ करोड ५१ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २३ रुपैयाँ ४२ पैसा र प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ४९ पैसा रहेको छ ।