राज्यलाई एक सुक्को कर तिर्दैनन् पूर्वसंचार मन्त्री गोकुल बास्कोटा

सोमबार, २४ कार्तिक २०७७

काठमाडौं – पूर्वसंचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राज्यलाई तिर्न पर्ने मूल्य अभिवृद्धि कर (भ्याट) बापतको रकम नतिरेको पाइएको छ । उनले विगत ७ बर्षदेखि विल अनुसार तिर्नपर्ने म्याट रकम नतिरेर आफैले झ्याम पारेका हुन ।

लामो समयदेखि कर बुझाउन आनाकानी गर्ने २९ हजार उद्यमी, व्यवसायीको नाम सार्वजनिक गर्दै आन्तरिक राजस्व विभागले बास्कोटाको पत्रिकाले पनि करतिर्न बाँकी रहेको सूचनामा उल्लेख छ । विभागले निकालेको सूचनामा उनी प्रकाशक तथा सम्पादक रहेको सम्बोधन साप्ताहिकले ०७० सालयताको कर दाखिला गरेको छैन । उनको पत्रिकाले कति पैसा तिर्न बाँकी छ त्यो भने खुलाइएको छैन ।

यता चर्चित अभिनेत्री झरना थापाले सरकारलाई बुझाउनुपर्ने भ्याट नबुझाएको विभागले जारी गरेको सूचनामा उल्लेख छ । चर्चित अभिनेत्री थापाको सुहानी फिल्मले पनि कर दाखिला नगरेको भेटिएको हो । लाजिम्पाट ३ काठमाडौंस्थित कम्पनीले ०५८ सालदेखि यता सरकारलाई कर तिरेको छैन ।

त्यस्तै, फिल्म वितरक सुनील मानन्धरको श्रीराम बालाजी फिल्मले ०७४ सालयताको कर दाखिला गर्न बाँकी छ ।
यसरी कर तिर्न आनाकानी गर्नेमा अर्बपति विनोद चौधरीका कम्पनीदेखि सुरज वैद्य, शारदाप्रसाद अधिकारी, बहादुरसिंह लामालगायत ठेकेदारसमेत छन् ।