डरका बारे ११ प्रेरक भनाइहरु

मंगलबार, २५ कार्तिक २०७७

१) हार बाट नडराउनुहोस् , हार होइन कम प्रयास अपराध हो। महान प्रयासहरु मा हार्नु पनि गर्बिलो हुन्छ।
– ब्रुस लि

२) संसारमा हामी डराउनुपर्ने एउटै चिज नै डर हो।
–फ्रयान्क्लिन रोज्बेल्ट

३) डर र चिन्ता अरु केही होइन, हाम्रो दिमागको एक अबस्था हो।
– नेपोलियन हिल

४) डराउनु एउटा चिज हो, डरलाइ आफ्नो बस मा पारेर तपाईलाई घुमाउन दिनु अर्को हो।
–क्याथरिन पेटर्सन

५) हामीभित्र का धेरै डरहरु टिस्यु पेपर जस्तै पातला हुन्छन् र मात्र एउटा साहसिक पाइला तिनीहरु बाट हामिलाइ पार लगाउनका लागि पर्याप्त हुन्छ।
–ब्रेन्डन फ्रान्सिस

६) राम्रोसँग र साबधानिपुर्बक गरिएका कामहरुले आफैलाइ डर मुक्त गर्छन।
– विलियम सेक्स्पीयर

७) डरले हामिलाइ बिगतमा केन्द्रीत वा भबिस्यप्रती चिन्तित बनाउछ। यदि हामिले यो डरलाई सहि प्रयोग गर्न सक्यौ भने हामी ठिक ठाउँ मा छौं भन्ने महसुस गर्न सक्छौ ।
–थिच न्ह्याट हान

८) एउटा मानिसले आफ्नो जिबनमा गर्ने सबैभन्दा ठुलो आबिस्कार, जस्ले उ आफैंलाई अचम्मित पार्छ के हो भने उस्ले त्यो काम गर्न सक्छ जुन लामो समयदेखि सक्दिन भनेर उसले चिन्ता लिन्थ्यो।
– हेनरि फोर्ड

९) जिबनमा केही कुराको बारेमा पनि चिन्ता लिनु भन्दा त्यसलाई बुझ्नुपर्छ । यो समय राम्रोसँग बुझ्ने समय हो ताकी हामी कम डर मा बाचौ।
– म्यारी क्युरी

१०) प्रत्येक दिन त्यो एउटा काम गर्नुस् जस्ले तपाईंलाई डराउँछ।
–एलिनोर रोज्बेल्ट

११) त्यो गुफा जस्मा तपाईं पस्न डराउनुहुन्छ, मै तपाईले खोजेको खजना भेटिन्छ ।
– जोसेफ क्याम्पबेल