मंसिर २ गते सार्वजनिक विदा

बुधबार, २६ कार्तिक २०७७

काठमाडौं – सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।

गृहमन्त्रालयले एक सूचना जारी गर्दै आउँदो मंगलबार अर्थात मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ।

गृहका प्रवक्ता चक्र बहादुर बुढाले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै उक्त दिन सरकारी कार्यालय बन्द रहने जनाएका छन्।

नेवार समुदायले तिहारलाई स्वन्ति नखः भन्छन् । उनीहरुले तिहारको बेला लक्ष्मी पूजा, म्ह पूजा, किजा पूजा र नेपाल सम्वत विशेष रुपमा मनाउँछन्।