श्वेता खड्काको नयाँ व्यवसाय सुरु, अल्टिमोडलमा ठूलो लगानी

बुधबार, २६ कार्तिक २०७७

काठमाडौं – अभिनेत्री, सामाजिक अभियान्त तथा युवा उद्यमी श्वेता खड्काले अल्टिमोडलमा महत्वपूर्ण लगानी गरेकी छिन । उनले लगानी गरेसँगै अनलाएन सपिङ साइटको अध्यक्षमा पनि खड्का निर्वाचित भएकी छिन ।

अल्टिमोडलले यसन २०१७ देखि संचालनमा आएको विश्वासिलो अनलाईन सपिङ साइट हो । यसमा श्वेता खड्काले अहिले आएर लगानी गरेकी हुन ।

खड्को विभिन्न क्षेत्रमा लगानी रहेको छ भने केही बर्षदेखि विकास भएको इकमर्समा पनि उनले हात हालेकी हुन । नेपालको खुद्रा उद्योगलाई डिजिटलकरण गर्ने लक्ष्य सहित यो अनलाईनमा लगानी गरिएको खड्काको भनाई छ ।