सफलताको मन्त्र
काठमाडौं – केही मानिसको जुनसुकै बेला नकारात्मक कुरा गर्ने बानी हुन्छ । उनीहरुले कुरा गर्नु भनेको नै नकारात्मक बोल्नु हो । जस्तो, कोही मानिसहरु रातोदिन कुनै रोगबारे चर्चा गर्ने गर्छन । कोही रोगी मानिस भेट्नासाथ त्यो रोगको बारेमा डिटेलमा कुरा गर्न थाल्छन् ।
तर अरुका कुरा काट्नुको सट्टा तपाई सकारात्मक सोचेर सकारात्मक कुराहरु दिमाखमा राख्नु भयो भने त्यसले सकारात्मक प्रभव पार्दछ । यदि तपाई आफ्नो छोराछोरीको जीवनमा सफलता चाहनुहुन्छ भने यो कुरामा विचार पुर्याउनु जरुरी छ । तपाई आफ्नो बच्चाका लागि प्रशंसाका शब्द प्रयोग गर्नुुहोस । सुत्नु अघि बच्चाका लागि साहस भर्ने किसिमका शब्दहरु, उसलाई प्रेरणा दिने किसिमका वाक्यहरु भन्ने गर्नुहोस् । यसले बच्चामा आत्मविश्वास विकास हुन्छ । उस भित्रको हीन भावना हराउँदै जान्छ ।
साथै तपाई राति सुत्ने बेलामा र बिहान उठेपछि एक पटक आफ्ना लागि सकारात्मक कुरा भन्नुहोस् । जस्तो, म जिनियस छु, म सफल मानिस हुँ । ममा अपार सम्भावना र सामथ्र्य छ । म एक सुखी र खुसी मानिस हुँ । म आफ्रूलाई धेरै प्रेमा गर्छु । म आफूले चाहेको हरेक कुरा प्राप्त गर्न सक्षम छु । शब्दको प्रयोगलाई खेलाँची ठान्नु भुल नगरौँ ।
शब्दहरु जब निस्कन्छन् तिनीहरुले आफ्नो कार्य सुरु गरिसकेका हुन्छन् । यदि तपाई आफ्नो अवचेतनलाई विश्वासमा लिएर भन्नुहुन्छ । अन्तरआत्माबाट केही बोल्नुहुन्छ भने त्यो वास्तवमै पूरा हुन्छ । हिन्दु दर्शनमा हामीले मन्त्रबारे सुनेका र पढेका छौँ । कुनै पनि वाक्य तपाई एक लाख पटक भन्नुहुन्छ । भने त्यो मन्त्र बन्छ । र, त्यसले काम गर्न थाल्छ ।
त्यही भएर सकारात्मक कुरा गरौं, त्यही मन्त्र बन्छ ।