मिर्मिरे लघुवित्तको लाभांश घोषणा, कति छ बोनस ?

बिहिबार, २७ कार्तिक २०७७

काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको बुधबार बसेको संचालक समिति बैठकले १२.६३ प्रतिशत बोनस घोषणा गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १२.६३ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।