कानुन मन्त्रालयकी सहसचिव गड्तौला सचिवमा बढुवा

बिहिबार, २७ कार्तिक २०७७

काठमाडौं – कानुन मन्त्रालयकी वरिष्ठ सहसचिव लीलादेवी गड्तौला सचिवमा बढुवा भएकी छिन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

कानुन मन्त्रालयकी सहसचिव गड्तौलालाई कार्तिक २५ गते मंलवार बसेको न्याय सेवा आयोगको बैठकले सचिवमा बढुवाको सिफारिससँगै नेपाल कानुन आयोगमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।