यात्रुवहाक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु
काठमाडौं – बैतडीमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन ।
बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ न को पवनदूत यातायातको यात्रुवाहक बस गएराति बैतडीको खोडपेमा दुर्घटना भएको छ ।
मृतकमध्ये ७ पुरुष र २ जना महिला छन् । गम्भीर घाइते रहेका १० जनालाई सेती प्रादेशीक अस्पताल धनगढी ल्याउँदै गरेको र अरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले जानकारी दिए ।
उनका अनुसार बस सडकबाट झण्डै ५ सय मिटर तल खसेको थियो । के कारणले दुर्घटना भएको भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।