एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

शुक्रबार, २८ कार्तिक २०७७

कालिकोट – कालिकोटमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पृथ्वी रक्तदान वीर फाउन्डेसनको एम्बुलेन्स दुर्घटना हुदा एमुलेन्स चालकको मृत्यु भएको हो ।

गएराति कालिकोट खाँडाचक्र नगरपालिकाको चौखोलाबाट बिरामी बोकेर सदमुकाम मान्म अस्पतालमा आउदै गर्दा सेराबाडामा दुर्घटना परि चालक खगेन्द्र शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश ०२००१ च ०१९२ नंबरको एम्बुलेन्स पूर्णरुपमा क्षति भएको छ । कर्णाली राजमार्ग अन्तर्गत खाँडाचक्र नगरपालिका सेरावाडामा साघुरो मोडमा गाडिले सडकको लिक छोडेपछि ब्रेक लगाएर बिरामी र बिरामीका आफन्तलाई गाडीबाट ओरालेका थिए ।

उनीहरुलाई निकालिसकेपछि चालकले एम्बुलेन्स बचाउन ब्याक गेयर लगाउदा ब्याग गियरले काम नगरेपछि दुर्घटना भएको बताइएको छ । गाडी सडक भन्दा करिब ३०० मिटर तल तिलानदीमा खसेको प्रहरीको भनाई छ ।