कार नहरमा खस्दा चालकको मृत्यु

शुक्रबार, २८ कार्तिक २०७७

जनकपुर – धनुषामा कार अनियन्त्रित भएर नहरमा खस्दा चालकको मृत्यु भएको छ।

शुक्रबार बिहान जनकपुरधामको मुजेलियामा पुलबाट बा २० च ६८३१ नम्बरको कार नहरमा खस्दा धनुषाधाम नगरपालिका(१९ का ४५ वर्षीय विजय शर्माको मृत्यु भएको धनुषाका ट्राफिक प्रहरी प्रमुख नवराज न्यौपानेले जानकारी दिए।

कार चालक अपांग रहेको र उनको लापरबाहीको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका शर्माको प्रादेशिक अस्पताल जनकपुर पुग्नासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।