प्रचण्डसँग वामदेवको छुट्टै भेट, के पाक्यो खिचडी ?
कार्तिक – पछिल्लो केही महिना यता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओली एकलौटी चल्न थालेपछि विवाद उत्कर्षमा पुगेको हो ।
विवाद चर्किदै जाँदा पार्टीका नेताहरु एक्ला एक्लै र सामूहिक रुपमा भेटबार्ता गरिरहेका छन । यसविचमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपाध्यक्ष वामदेव गौतमबीच भेटबार्ता भएको छ । सचिवालय बैठक बोलाएको भोलीपल्ट अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमबीच भेटबार्ता भएको हो ।
भेटमा आजै अपरान्ह ४ बजे बस्ने सचिवालयको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको श्रोतको भनाई छ । दाहालनिवास खुमलटारमा भेला भएका सचिवालयका पाँच सदस्यहरुको छलफललगत्तै गौतमले अध्यक्ष दाहालसँग एक्लाएक्लै भेटवार्ता गरेको खुमलटार निकट श्रोतको भनाई छ ।
गौतमले भने दाहालसँग एक्लै भेट्नुको कारण पार्टीको विवाद मिलाउनको लागि विशेष प्रस्ताव लिएको गएको अनुमान गरिएको छ ।
सर्वोच्च अदालतले आफ्नो पक्षमा आदेश दिएसँगै वामदेव अब मन्त्री बन्ने बाटो खुलेको छ । यही बीचमा बालुवाटारले गौतमलाई मन्त्री बन्न अफर गरेकोसमेत हल्ला चलेको छ । तर, गौतमले भने आफू सरकारमा जाने कुनै तयारी नभएको भनेर आफूनिकटका नेताहरुमार्फत स्पष्टीकरण दिईसकेका छन् ।
मन्त्री बन्नेकी नबन्ने भन्ने विषयमा छलफल गर्नका लागि बामदेबले प्रचण्डलाई गोप्य रुपमा भेटेको बुझिएको छ ।