चित्रबहादुर केसीको कस्तो छ स्वास्थ्य अवस्था ?

शुक्रबार, २८ कार्तिक २०७७

काठमाडौं – कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्यमा सुधार आएको छ।

कोरोना भाइरसको संक्रमणका केसी ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएको केसीलाई ज्वरो,निमोनिया र डाइरियाको समस्या देखिएको थियो।

अहिले भने उनको अवस्था सुधारोन्मुख रहेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेलले बताइन्।