नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरू

शुक्रबार, २८ कार्तिक २०७७

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैंठक प्रधामन्त्री निवास बालुवाटार शुरू भएको हो ।

पछिल्लो समय विवादमा रुमल्लिएको नेकपाको सचिवालय बैठक एक महीनापछि शुक्रबार बसेको हो।नेकपामा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच शक्ति संघर्ष गहिरो रूपमा चर्किएका बेला बसेको आजको बैठकलाई महत्वका साथ हेरिएको छ। बैठक केहीबेरअघि शुरू भएको दाहाललका प्रेस संयोजक विष्णु सापकोटाले बताए।

यसअघि पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि सचिवालय बैठक बोलाउन दाहालसहित सचिवालयका पाँच जनाले (बहुमत सदस्यले) ओलीलाई लिखित आग्रह गरेका थिए। तर, ४८ घण्टाको समयसीमामा ओलीले बैठक बोलाएका थिएनन्।

त्यसपछि मंगलबार पुनः दाहालसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बसेर सचिवालय आह्वानका लागि ओलीलाई बिहीबारसम्म कुर्ने निर्णय गरेकोमा ओलीले त्यसैदिन बैठक आह्वान गरेका थिए।