नेकपा सचिवलाय बैठकमा प्रचण्डले छुट्टै प्रस्ताव, नेताहरु चकित !
काठमाडौं – लामो रस्साकसीपछि शुक्रबार बसेको सत्तारुढ दल नेकपाको पार्टी सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आगामी मार्ग चित्रका लागि भन्दै छुट्टै प्रस्ताव पेश गरेका छन्।
उनले पेश गरेको प्रस्ताव सबै सचिवलाय सदस्यहरुलाई वितरण गरिएको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डले प्रस्ताव पेश गरेको जानकारी दिदै यो प्रस्तावले पार्टी मुल ट्याकमा आउने अपेक्षा गरिएको बताए ।
तर, सो प्रस्तावमा के छ भन्ने विषय भने खुलाइएको छैन। यस्तै शुक्रबारको बैठकमा हालै पाँचजना बहमुत सदस्यहरुको अनौपचारिक बैठकले गरेको निर्णयअनुसार बैठक बोलाउनका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रस्ताव, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको जवाफमा प्रचण्डले ओलीलाई पठाएको पत्रसमेत सबै सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको छ ।
एक्कासी प्रचण्डको नयाँ प्रस्ताव आएपछि नेताहरु चकित परेको एक सचिवालय सदस्यले बताए ।