बाइडेन विरुद्ध ट्रम्पले गम्भीर षड्यन्त्र गरेको खुलासा, अब के गर्लान बाइडेन ?

शुक्रबार, २८ कार्तिक २०७७

काठमाडौं – अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनलाई विदेशका नेताहरुले थुप्रै बधाई सन्देश पठाएका छन् । तर बाइडेनले अहिले सम्म ती पत्र पढ्न पाएका छैनन् । यी सन्देशहरु अहिले अमेरिकी विदेश विभागमा अलपत्र छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेन माथि षड्यन्त्र गर्दै पत्रहरु नदिएका हुन् । विगतमा राष्ट्रपति परिवर्तन प्रक्रियाका दौरान निर्वाचित उम्मेदवारले विदेश विभागको स्रोतहरुमा पहुँच राख्न पाउँथें । सिएनएनका अनुसार नयाँ प्रशासन र विश्वका नेताहरुबीच राम्रो सम्पर्क र सञ्चार होस् भन्नका लागि यस्तो पहुँच दिने गरिएको थियो ।

बहालवाला राष्ट्रपति ट्रम्पले हार स्वीकारेर बाइडेनलाई बधाई दिने छाँट देखाएका छैनन् । बरु, उनी धाँधली भएको भन्दै कानूनी लडाइँमा लागेका छन् । त्यसैले बाइडेन र उनको टिमले सरकारको समर्थन बिना नै विश्वका अन्य देशका नेतासँग आफ्नो सम्पर्क बढाउने कार्य गरिरहेका छन् । ‘यद्यपी, उनीहरु विदेश विभागको स्रोत प्रयोग गर्न चाहन्छन तर ट्रम्पले दिएका छैनन् ।’ स्रोतले सिएनएनलाई भनेको छ ।

बाइडेनले यस अवधिमा जर्मन चान्सेलर एन्जेला मर्केल र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रयुडोसँग कुराकानी गरिसकेका छन् । बुधबार बाइडेनले कोरिया, जापान र अस्ट्रेलियाका नेताहरुसँग फोन सम्पर्क गरेका थिए ।