बालुटारमा नयाँ खिचडी पाक्दै : प्रचण्ड बाहिरिएपछि ६ नेताको छुट्टै बैठक, ओलीले कडा एक्सन लिन सक्ने

शुक्रबार, २८ कार्तिक २०७७

काठमाडौं – नेकपा सचिवालय बैठक सकिएपनि ६ नेताहरु फेरी छलफलमा बसेका छन । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटारबाट बाहिरिए लगत्तै प्रधानमन्त्री एबम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका ६ नेता छलफलमा जुटेका हुन ।

सचिवालय बैठक सकिएलगत्तै ओलीसहित बरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेल, उपाध्यक्ष वामदेव गौतम, ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ बैठकमा सहभागी छन् ।

अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सचिवालय बैठक सकिएलगत्तै बाहिरिएका छन् । उनीहरुले बैठकमा प्रचण्डका विरुद्धमा कडा एक्सन लिनसक्ने बताइएको छ ।

तर त्यो कडा एक्सन के हुनेभनेर बताइएको छैन् । त्यही एक्सनका बारेमा ६ जना सचिवलाय सदस्य बसेर छलफल गरेको बालुवाटार निकट श्रोतको भनाई छ । सम्भवत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र खानेपानी तथा सरसफाई मन्त्री विना मगरलाई बर्खास्त गर्ने भन्ने विषयमा छलफल भइरहेको हुनसक्ने श्रोतको भनाई छ ।