पद धरापमा परेपछि प्रचण्ड माथि खनिए मुख्यमन्त्री पोखरेल

शनिबार, २९ कार्तिक २०७७

बुटवल – आफ्नो मुख्यमन्त्री पद धरापमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा नेता शंकर पोखरेल पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि खनिएका छन । उनले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गर्दै प्रचण्डमाथि खनिएका हुन ।

प्रचण्डको प्रस्ताव प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगीन आरोप भएको पोखरेलले टिप्पणी गरेका छन् ।

पार्टी स्थायी समिति सदस्य एवं प्रधानमन्त्री ओलीका विश्वासपात्र पोखरेलले शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै प्रचण्डले शुक्रबारको सचिवालय वैठकमा एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति सिंगो पार्टी पंक्तिले गरिरहेको उल्लेख गरेका छन् ।

प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन मुख्यमन्त्री पोखरेलले अनुरोध गरेका छन् ।

पार्टीका लुम्बिनी प्रदेशका इन्चार्जसमेत रहेको पोखरेल पार्टी विधि र पद्धतिमा चले उनले एउटा पद छोड्न पर्ने हुन्छ । त्यही भएर उनी प्रचण्डमाथि खनिएका हुन ।