निशुल्क उपचार गर्छु भन्ने प्रधानमन्त्रीलाई डा. केसीले दिएर मुखभरीको जवाफ

शनिबार, २९ कार्तिक २०७७

काठमाडौं – कोरोना संक्रमित प्रा. डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने जनाएका छन ।। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ट्वीट गर्दै डा. केसीको स्वास्थ्यलाभको कामना गर्नुका साथै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए । उनको प्रस्तावलाई अस्वीकार गर्दै डा. केसीले स्वास्थ्यलाभको शुभकामनाका लागि धन्यवाद दिएका छन् ।

तर आफ्नो उपचार खर्च आफैं व्यहोर्ने भन्दै उनले नागरिकप्रतिको कर्तव्य पुरा गर्न आग्रह गरेका छन् । ‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक छ । उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन्’ डा. केसीले भनेका छन्, ‘सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ ।’

साथै उनले आफ्नो १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न समते अग्रह गरेका छन् । ‘पटकपटक भएको सम्झौता कार्यन्वयन भएको भए दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए र त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने थिए’ उनले भनेका छन् ।