अकस्मात् शितलनिवास पुगे प्रधानमन्त्री ओली, अध्यादेश व्युताउने तयारी
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । पार्टीभित्र अन्तरसंघर्ष उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओली आज साँझ अकस्मात् शितलनिवास पुगेको हुन ।
शुक्रबार बसेको पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेपछि अत्तालिएका ओली छलफलका सितलनिवास पुगेका हुन । उक्त प्रतिवेदनमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीमाथि थुप्रै आलोचना र आरोप लगाईएको छ ।
राष्ट्रपति भण्डारीसँग छलफल गरेर पार्टी फुटाउने अध्यादेश ल्याउने तयारी गरिएको बुझिएको छ । गत बैशाखमा ल्याएको अध्यादेशलाई ब्युताएर नेकपा फुटाउने र नेपाली काँग्रेसको सहयोगमा नयाँ सरकार बनाउने तयारी ओली रहेको बालुवाटार श्रोतको भनाई छ ।