पुनः लकडाउन गर्ने अस्ट्रेलियन सरकारको निर्णय

आइतबार, ३० कार्तिक २०७७

एजेन्सी – अस्ट्रियालीयन सरकारले दोस्रो पटक देशव्यापी लकडाउन घोषणा गरेको छ। रात्रिकालीन कर्फ्यू पछि दोस्रो पटक लकडाउन घोषणा गरेको हो।

दोस्रो पटकको लकडाउन साढे दुई साताका लागि चान्सलर सेबास्टियन कुर्जले घोषणा गरेका हुन्।

मंगलबारबाट लागू हुने नयाँ व्यवस्थापछि विद्यालयहरू बन्द हुने बताइएको छ। तर भर्चुअल माध्यमबाट पढाइ भने सुचारु हुने चान्सलर कुर्जले बताए।

अस्ट्रियामा शुक्रबार ९ हजार ५८६ नयाँ संक्रमित भेटिएका थिए। त्यस्तै शनिबार ७ हजार ६३ जना भेटिएका छन् भने ८५ कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म अस्ट्रियामा १ लाख ९८ हजार कोरोना संक्रमित भेटिएका छन् भने १ हजार ७४६ संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो समय युरोपियन मुलुकमा दोस्रो लहरको कोरोना संक्रमण तीव्र फैलिएसँगै विभिन्न मुलुकले पुनः लकडाउन घोषणा गरेका छन्।