हङकङ्गको नेपाली रेष्टुरेन्टमा भीषण आगलागी, ७ जना नेपालीको मृत्यु
काठमाडौं – हङकङ्गको एक सेष्टुरेन्टमा आगलागी हुँदा ७ जना नेपालीको मृत्यु भएको छ । जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेन्टमा आइतबारराती आगलागी हुदाँ ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु भएको हो।
आगलागीमा परेर १८ जना घाइते भएका छन। मृत्यु हुनेहरुमा चार पुरुष र तीन महिला रहेका छन। नेपालीहरुले नै संचालन गरेको उक्त रेष्टुरेन्टमा आगलागी भएको हो ।
जन्म दिनको पार्टी मनाइरहदाँ आगलागी भएको त्यहाँ रहेका नेपालीहरुले जानकारी दिएका छन ।
एनआरएनए हङकङ्गकी अध्यक्ष टिका गुरुङ्ग ‘राधिका’ले पनि आगलागीमा परि सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेकी छिन।