बिरामीको उपचार गर्दागर्दै कोरोनाले लियो दुई जना डाक्टरको ज्यान
काठमाडौं – भाइटीकाकै दिन कोरोना संक्रमणका कारण दुई जना डाक्टरको ज्यान गएको छ । विरामीको उपचार गर्दागर्दै कोरोना संक्रमण भएका बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा सुनिल झा र डा. नारायण बहादुर थापाको मृत्यु भएको हो ।
झा त्रिभुवन विश्वविद्यालय अध्ययन संस्थानका प्राध्यापक एवम् बरिष्ठ मुटुरोग विशेषज्ञ हुन भने थापा नेपाल बर्न सोसाइटी तथा इसान अस्पतालका अध्यक्ष हुन ।
प्रा.डा झाको आज विहान मृत्यु भएका हो भने थापाको गयराती मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
