प्रहरी र विप्लवका कार्यक्रर्ताबीच जम्काभेट, संखुवासभामा दोहोरो भिडन्त
काठमाडौं – संखुवासभामा दोहारो भिडन्त भएको छ । प्रतिबन्धीत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रहरीबीच गोली हानाहान भएको हो ।
गस्तीमा रहेको प्रहरी टोलीमाथि अन्धाधुन्द फायरिङ भएपछि प्रहरीले पनि जवाफी फायरिङ गरिएको जिल्ला प्रहरी कार्यलय संखुवासभाले जनाएको छ । गस्तीका लागि गएको प्रहरी टोलीलाई डाँडा माथिबाट पटक पटक गरि फायरिङ भएपछि आफूहरुले पनि फायर खोलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी नवराज मल्लले बताए ।
संखुवासभाको चैनपुर नगरपालिका ४ मदाने जङ्गलमा प्रहरीले एसएलआर राईफलबाट आठ राउन्ड फाईयर खोलिएको जिल्ला प्रहरी कार्यालय संखुवासभा सभाका प्रमुख डिएसपी नवराज मल्लले बताए ।
भिडन्तमा दुवै पक्षको कुनै मानवीय क्षति भने भएको छैन । गृह मन्त्रालयले विप्लव नेतृत्वको नेकपाले १२ राउन्ड फाएर खोलेको जनाएको छ ।
मन्त्रालयले विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले हवाइ फायर गरेको जनाएको छ । सोमबार विप्लव नेतृत्वको सो पार्टीका कार्यकर्ताले जिल्लाको चैनपुर भन्ने स्थानमा १२ राउण्ड हवाइ फायर गरेको जानकारी आएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव चक्र बहादुर बुढाले बताए ।