प्रधानमन्त्री ओलीलाई अर्को झट्का, अब हुने भयो वारकी पार ?

मंगलबार, २ मंसिर २०७७

काठमाडौँ – प्रधानमन्त्री एबम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई अर्को झट्का लागेको छ । बुधबार बोलाइएको नेकपा केन्द्रीय सचिवालय बैठक जसरी पनि सफल पार्ने प्रचण्ड नेपाल समूह रणनीति बनाएपछि ओलीलाई झट्का लागेको हो ।

सफल पार्न प्रतिबद्ध बहुमत समूहका अनुसार गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा (बादल) उक्त बैठकमा उपस्थित हुने भएपछि प्रधानमन्त्री झन तनाबमा देखिएका छन । बादलनिकट पार्टी सांसद मायाप्रसाद शर्माका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र उनका समर्थकहरु बैठकमा सहभागी नभए पनि बादल उपस्थित हुनेछन्।

ओली, अर्थमन्त्री तथा महासचिव विष्णु पौडेल र उपप्रधनमन्त्री इश्वर पोख्रेलले प्रचण्डसहित पाँच सचिवालय सदस्यहरुले भष्ट्राचार, आफन्तवादलगायतका आरोपसहित पद त्याग्न गर्न ओलीसँग गरेको आग्रहसहित सचिवालयमा पेश राजनीतिक प्रस्ताव फिर्ता नलिएमा बुधबारको बैठक नहुने अडान लिएका छन्।

उक्त सुझावसहित महासचिव पौडेलले दुईपटक ओलीका दूतका रुपमा प्रचण्डसँग भेट गरिसकेका छन् तर प्रचण्डलगायत उक्त प्रस्तावका समर्थक पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र झलनाथ खनालसहित बामदेव गौतम र नारायणकाजी श्रेष्ठले ओली पक्ष उपस्थित नभएपनि बैठक भएरै छाड्ने अडान लिएका छन्।