प्रधानमन्त्रीले अध्यादेश ल्याउने थाहा पाएपछि एक्कासी शितल निवास पुगे प्रचण्ड
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति भेट्न शितल निवास पुगेका छन । प्रचण्ड केही समयअघि शितल निवास पुगेका हुन ।
राष्ट्रपति भण्डारीले बोलाएपछि प्रचण्ड शितल निवास गएको बुझिएको छ । पार्टी भित्रको आन्तरिक विवाद चुलिएका बेलामा राष्ट्रपति भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह बुधबार बोलाइएको सचिवालय बैठकमा सहभागि नहुने भएपछि राजनीति माहोल तातेको छ । यही बीचमा प्रधानमन्त्रीले ल्याएको प्रस्ताव जस्ताको तस्तै स्वीकृत नगर्न आग्रहका गर्न प्रचण्ड शितल निवास पुगेको बुझिएको छ ।
प्रधानमन्त्रीले पार्टी पुटाउने अध्यादेश फेरी ब्युताउन लागेको सूचना पाएपछि प्रचण्ड शिलत निवास पुगेको प्रचण्ड निकट श्रोतको भनाई छ ।