माउन्टेन इनर्जीको आइपीओ भर्न छुटाउनु भयो की ? आज अन्तिम मौका छ

बुधबार, ३ मंसिर २०७७

काठमाडौँ – माउन्टेन इनर्जी नेपाल लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन हो । कात्तिक २६ गते, बुधबारदेखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने आज (मंसिर ३ गते, बुधबार) अन्तिम दिन हो ।

कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो । सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो ।

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरेको थियो ।

त्यसैगरी, उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेडले गरेका छन् । आईपीओ निष्काशन गरेको पहिलो दिननै माग भन्दा बढि आवेदन परिसकेको थियो ।