राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री ओली, के-के भयो निर्णय ?

बुधबार, ३ मंसिर २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच बुधवार पनि भेटघाट भएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली मंगलवार साँझपनि शीतलनिवास पुगेका थिए ।

बुधवार प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग झण्डै एक घण्टा भेटघाट गरेका छन । पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगी पार्टी फुटको अवस्थामा पुगेको छ । पार्टी विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग समेत भेटघाट गरेका थिए ।

बुधवार १ बजेका लागि नेकपा सचिवालय बैठक बोलाइएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि बोलाइएको बैठक बस्नु अघि ओली शीतलनिवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

आज १ बजेकै लागि मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । तर मन्त्रिपरिषद् भने २ बजेसम्मका लागि सारिएको छ । राष्ट्रपतिले आजको छलफलमा के सुुझाव दिनुभयो भनेर खुलाइएको छैन तर आजपनि दुई अध्यक्षहरु मिलेर जाँदा उत्तम हुने सुझाव दिएको बुझिएका छ ।