सकियो नेकपा सचिवालय बैठक, केके भयो निर्णय ?

बुधबार, ३ मंसिर २०७७

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएकोछ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा डेढ घण्टा छलफल भएको थियो।

अब सचिवालयको अर्को बैठक १० दिनपछि बस्ने गरी स्थगित भएको छ । पार्टीको बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केही निर्णय नभएको बताए । उनले आगामी १० दिनमा फेरी बैठक बस्ने सहमति भएको बताए ।

नेकपा सचिबालयको अर्को बैठक यही मंसिर १३ गते बस्ने नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको सचिवालले जनाएको छ । प्रचण्डकी स्वकिय सचिव गंगा दाहालका अनुसार मसिर १८ गते स्थायी समिति बैठक बस्ने छ ।

त्यस्तै नेकपाको केन्द्रीय कमिटी बैठक मंसिर २५ गते बस्ने आजको सचिवालय बैठकले निर्णय गरेको छ ।