मोटरसाइकलको ठक्करले बालकको मृत्युपछि आफन्तले गरे चक्काजाम
सुर्खेत – मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक बालकको मृत्यु भएपछि बालकको आफन्तले गरेका छन्। वीरेन्द्रनगर उपत्यकाभित्रको मुख्य सडकमा आफन्तले टायर बालेर सडक अवरुद्ध गरेका हुन्।
वीरेन्द्रनगर(१ मा मंगलबार बेलुका साढे ५ बजे मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ३ वर्षीय बालक समिर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
ती बालकको मंगलबार नै मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
बुधबार बिहानदेखि नै आफन्तले टायर बालेर सडक अवरुद्ध गरेको उनले बताए। बालकलाई ठक्कर दिने मोटरसाइकल र चालकको भने अझसम्म पनि पहिचान हुन सकेको छैन।
चालकको हुलिया पत्ता लागे पनि मोटरसाइकल नम्बर पत्ता नलागेको डिएसपी घर्तीले बताए। मोटरसाइकल र चालक दुबैको खोजी भइरहेको उनले बताए।