फेरी घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौं – नेपाली बजारमा बिहिबार सुनचांदीको मूल्य घटेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ७ सय रुपैँयाले घटेको छ ।
बिहिबार छापावाला सुन प्रतितोला ९४ हजार ४ सय रुपैँया र तेजावी सुन प्रतितोला ९३ हजार ९ सय रुपैँयामा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९५ हजार १ सय रुपैँया र तेजावी सुन प्रतितोला ९४ हजार ६ सय रुपैँयामा कारोबार भएको थियो ।
त्यस्तै बिहिबार चांदी तोलामा १५ रुपैँयाले घटेर प्रतितोला १ हजार २ सय १५ रुपैँयामा कारोबार भइरहेको छ । अघिल्लो दिन चांदी प्रतितोला १ हजार २ सय ३० रुपैँयामा खरिद विक्री भएको थियो ।