रेसुङ्गा नगरपालिले ९ दिन लकडाउन गर्न निर्णय

बिहिबार, ४ मंसिर २०७७

गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकाले ९ दिन लकडाउन गर्ने भएको छ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको भन्दै नगरपालिकाले बिहीबार राति १२ बजेदेखि १३ गते राति १२ बजे सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो।

नगरपालिकाले लकडाउनबारे बिहीबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।