चन्द्रागिरी हिल्सको १८ करोड ४० बराबरको आइपिओ आउँदै
काठमाडौँ – चन्द्रागिरी हिल्स लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्न अनुमति पाएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइपिओ निष्कासनका लागि अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न बाटो खुल्ला भएको छ कम्पनीले २०७७ साल लागि जेठ २५ गते आइतबार नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बोर्डले कार्तिक २८ गते, शुक्रबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेको हो ।
कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले मंसिरभित्र आईपीओ निष्कासन गर्ने छ ।
