आईपीओ निष्कासनको दोश्रो दिन : युनाईटेड इदी–मर्दीमा कति पर्यो आवेदन ?
काठमाडौँ – युनाईटेड इदी–मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आर्इपीओ) निष्कासनमा लगानीकर्ताको ओइरो लागेको छ । आईपीओ निष्कासनको दाश्रो दिन बेलुका ४ः३० बजेसम्म ५.५७ गुणा बढि आवेदन परेको छ ।
कम्पनीको आईपीओमा २ लाख २६ हजार ३ सय ४३ जना आवेदकले ४५ करोड २९ लाख ६८ हजार रुपैयाँ बराबरको ४५ लाख २९ हजार ६ सय ८० कित्ताका लागि आवेदन दिएक निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ५.५७ गुणा धेरै हो ।
कम्पनीले हिजो (मंसिर ३ गते, बुधबार)देखि सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले पहिलो चरणमा बिक्री नभएको २ लाख ४३ हजार ९ सय १० कित्ता समेत जोडेर ८ लाख ७३ हजार ९ सय १० कित्ता आइपिओ निष्कासन गरेको हो ।