कर्णालीमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा सुरु

शुक्रबार, ५ मंसिर २०७७

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नाक, कान र घाँटीको विशेषज्ञ स्वास्थ्य उपचार सेवा सुरु भएको छ । यसअघि पनि दर्जनौ विशेषज्ञ उपचार सेवा दिँदै आएको प्रतिष्ठानले कर्णालीमै पहिलो पटक नाक, कान र घाँटीको विशेषज्ञ उपचार सेवा सुरु गरेको हो ।

नाक, कान र घाँटीको उक्त स्वास्थ्य उपचार सेवा विशेषज्ञ डा। सरोज काफ्लेले गरेका छन् । जुम्लामा धुलो धुँवा तथा खानपानकै कारण नाक, कान र घाँटीका बिरामी धेरै हुने विशेषज्ञ सेवा नपाउँदा बिरामीले सुर्खेत वा नेपालगन्ज जानुपर्ने बाध्यता हटेको छ । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले नाक, कान, घाँटीको विशेषज्ञ सेवा प्रवाहले कर्णालीबासीले थप सहुलियत पाउने बताए ।