फेरी घट्यो सुनको मूल्य

शुक्रबार, ५ मंसिर २०७७

काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ४ सय रुपैँयाले घटेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार रुपैंया र तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैँयामा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुन छापावाला सुन प्रतितोला ९४ हजार ४ सय रुपैँया र तेजावी सुन प्रतितोला ९३ हजार ९ सय रुपैंयामा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार चांदी तोलामा ५ रुपैंयाले घटेर प्रतितोला १ हजार २ सय १० रुपैंयामा कारोबार भइरहेको छ । अघिल्लो दिन चांदी प्रतितोला १ हजार २ सय १५ रुपैयामा कारोबार भएको थियो ।