युनाईटेड इदी–मर्दीको आइपीओमा कति पर्यो आवेदन ?

शुक्रबार, ५ मंसिर २०७७

काठमाडौँ – युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) मा ८.१३ गुणा बढिले आवेदन दिएका छन । शुक्रबार बेलुका ४ः३० बजेसम्मको विवरण अनुसार माग भन्दा ८.१३ गुण बढि आवेदन परेको हो ।

आईपीओ निष्कासनको तेश्रो दिनसम्म ३ लाख ५४ हजार ५ जना ८१ आवेदकले ६६ करोड १२ लाख १६ हजार रुपैयाँ बराबरको ६६ लाख १२ हजार १ सय ६० कित्ताका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीले मंसिर ३ गते, बुधबारबाट सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले पहिलो चरणमा बिक्री नभएको २ लाख ४३ हजार ९ सय १० कित्ता समेत जोडेर ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर आईपीओ निष्कासन गरेको हो । जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरिएको हो ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।