खुकुरी प्रहार गरी श्रीमतीको हत्या
झापा – झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा दमक नगरपालिका १ का ४७ वर्षीय चूडामणि भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनकी पत्नी ३८ वर्षीया टीकादेवी पौडेल र सोही नगरपालिका २ का ३५ वर्षीय प्रकाशचन्द्र दाहाल कमल गाउँपालिका ६ जीवन चोकस्थित खेतमा धान उठाउन गएको अवस्थामा चूडमणिले दुवै जनालाई खुकुरी प्रहार गर्दा टीकाको घटनास्थलमै मृत्यु भएको हो । घाइते प्रकाशचन्द्रको एड्भान्स अस्पताल दमकमा उपचार भइरहेको छ ।