भारतकी नायिका रश्मिकालाई गुगलद्वारा ‘२०२० की नेशनल क्रस’ घोषित

सोमबार, ८ मंसिर २०७७

काठमाडौं – कन्नड सिनेमाकी सुन्दर तथा लोकप्रिय नायिका रश्मिका मन्दानाका प्रशंसक त्यतिबेला चकित परे जब सर्च इन्जिन गुगलले नायिकालाई ‘नेशनल क्रस अफ इन्डिया २०२० फिमेल’ घोषणा गरिदियो ।

त्यसपछि ट्वीटरमा पनि रश्मिका नेशनल क्रश ह्याशट्यागसहित ट्रेन्ड हुन थालिन् । यसको स्क्रिनसट उनले आफ्नो ट्वीटर अकाउन्टबाट पनि सेयर गरेकी छिन् । उनले यससँगै लेखिन्, ‘मेरा मानिसहरु साँच्चै नै लेजेन्डरी हुनुहुन्छ । उनीहरु यति प्रिय छन्।।। होइन र रु मेरो मुटु उनीहरु सबैको साथमा छ । ’